पूर्वी नवलपरासीमा १ सय ५० बढी जंगलमा आगोलागी

नवलपरासी | बैशाख १२, २०८१

पूर्वी नवलपरासीमा १ सय ५० बढी जंगलमा आगोलागी

नवलपरासीः पूर्वी नवलपरासीमा सोमबारदेखि फैलिएको आगो अहिले जिल्लाका एक सय ५० बढि स्थानका जँगलमा लागेको छ ।

 

सोमबार दिउँसो देखि फैलिएको आगोलागी जिल्लाका आठै पालिकामा रहेको वन जँगलमा डढेलोका रुपमा फैलिएको छ ।

 

पूर्व पश्चिम राजमार्गको दायाँबायाँ रहेको जँगलमा र कालीगण्डकी करिडोरको आसपास बुलिगँटार, बौदीकाली गाउँपालिकाको ८० बढि जँगलमा सोमबार साँझ देखि फैलिएको आगो अहिलेसम्म पनि दन्कीरहेको बुलिगँटार गाउापालिकाका वडा नं ३ का पूर्ववडाध्यक्ष यमबहादुर झेँडी मगरले बताउनुभयो ।

 

कालीगण्डकी करिडोरको ढोडँनी, भोक्रोफाँट, गडाम्दी, कोटथर, डाडाँझेरी बुलिगँटार हुदै बौँदीकालीका सबै जगँलमा आगो फैलिएको जिल्ला वन डिभिजनल कार्यालयका सूचना अधिकृत गञ्जन गहतराजले बताउनुभयो ।

 

पहाडी क्षेत्रमा फैलिएको आगोलागीबाट कुनै मानबीय क्षति भने नभएको र अहिले त्यस क्षेत्रमा प्रहरी समेत परिचालन गरि सम्भावित घटनाबाट बचाउन आवश्यक कार्यहरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजनकुमार शर्माले बताउनुभयो ।

 

पहाडी क्षेत्रमा स्थानीयले समेत गस्ती गरि डढेलो गाउँबस्तीमा नपसोस भन्ने उद्देशयले काम गरिरहेका बुलिगँटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले बताउनुुभयो । गैंडाकोट नगरपालिकाको ५५ भन्दा बढि ठाउँका जँगलमा डढेलो लागेको रड नगरपालिकाले माइक मार्फत सूचना दिन थालेको नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो ।

 

त्यसैगरी मध्यविन्दु नगरपालिका वडा नं १४ को चनौटे र सुर्खा जंगलमा लागेको आगो बस्तीमा पस्दा १२ घरगोठ जलेको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल परियारका अनुसार आगलागीबाट चनौटेका ७ र सुर्खाका ५ घरगोठ जलेर नष्ट भएको छ ।

 

आगो निभाउने क्रममा मध्यविन्दु १४ चनौटेमा रहेको जनज्योति प्राविका शिक्षक देवचुली १३ प्रगतिनगर निवासी ५९ वर्षीय गंगा प्रसाद घिमिरे घाइते भएका छन् ।

 

उहाँको दुवै हात जलेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आगो स्थानीय बासिन्दा, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोलीले नियन्त्रणमा लिएको थियो ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्